जहाजले ओसार्दा तेल सस्तो !
२६ असोज, काठमाडौं । केही
दिनदेखि हवाई जहाजमा तेल ओसारिरहेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा
निगम (नेवानी)लाई नेपाल आयल निगमसँग काठमाडौंमा किन्दा भन्दा भारतको
कोलकाताबाट ओसार्दा इन्धन सस्तो पर्ने देखिएको छ ।
निगमका अनुसार आयल निगमसँग हवाई इन्धन किन्दा प्रतिकिलोलिटर करिब एक हजार तीन सय ५० डलर -एक लाख ३० हजार पाँच सय रुपैयाँ पर्छ ।
त्यही
इन्धन कोलकातामा प्रतिकिलोलिटर चार सय ७० डलर -४० हजार सात सय रुपैयाँमा
पाइन्छ । काठमाडौंबाट कोलकाताको हवाई दुरी ४५ मीनेटमात्र छ । यहाँभन्दा
कोलकातामा इन्धनको भाउ साढे तीन गुणा सस्तो रहेको छ । अाजकाे नागरिक दैनिकमा खबर रहेकाे छ
