नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीबारे ८ ओटा रहस्यमय कुरा पुरा पढ्नुहोस्
माधव बस्नेत
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली व्यवस्थापिका संसदबाट ३ सय ३८ मत
प्राप्त गरेर २४ असोज ०७२ मा मुलुकको ३८ औं प्रधानमन्त्री निर्वाचित भएका
छन् । नवनिर्वाचित प्रधानमन्त्री ओलीबारे जान्नै पर्ने १० तथ्य ।
(एक)
झापाबाट इलाम जेल सार्ने बहानामा २१ फागुन ०२९ मा सुखानी जंगलमा लगेर हत्या
गरिएका पाँच सहिदमध्येका एक रामनाथ दाहालले ओलीलाई ६ कक्षादेखि आफ्नो घर
चारपानेमा ल्याएर अध्ययन गराएका थिए । दाहालकै सामिप्यतामा आएपछि ओली वाम
आन्दोलनप्रति आकर्षित भएका थिए । किनभने तेह्रथुमबाट झापा नझर्दै दाहाल
कम्युनिष्ट आन्दोलनप्रति झुकाव राख्ने भइसकेका थिए । उनै दाहालले ओलीलाई
आफ्नो घरमा राखेर पढाउदै कम्युनिष्ट आन्दोलनमा आवद्ध गराएका थिए ।
मंसिर ०२९ मा दाहाल पक्राउ पर्ने क्रममा ओली संयोगले मात्र जोगिएका थिए ।
दाहालसँगै पक्राउ परेका हुन्थे भने ओली पनि सायद उनीहरुसँगै सुखानी जंगलमा
मारिन सक्थे । पक्राउ पर्नु चारदिन अघि मात्र दाहालसँगै ओली पनि भुमिगत
भएका थिए र त्यसदिन घुम्दै घर नजिक पुगेका थिए । आफ्नो घरमा मानिसहरुको हुल
देखेपछि उनले ओलीलाई तिमी यही बस्दै गर । म घरमा के भएछ हेरेर आउँछु भन्दै
गएका थिए । घर पुगे लगत्तै उनी पक्राउ परे । यो दृश्य देखेपछि ओली भने
प्रहरीबाट जोगिए ।
(दुई)
०२८ सालमा एसएलसी दिएपछि झापाकै चारपानेस्थित प्राथमिक विद्यालयमा उनी केही
समय अस्थाई शिक्षक भए । यही क्रममा राजनीतिप्रति उनको झुकाव कसिलो हुँदै
गयो र कम्युनिष्ट पार्टीको सदस्यता लिदै भुमिगत यात्रातिर अघि बढे । शिक्षक
छाडेर आन्दोलनमा होमिएकै कारण उनको औपचारिक शिक्षा एसएलसीभन्दा अगाडि बढ्न
सकेन ।
(तीन)
भुमिगत, १४ बर्ष जेल र रिहा भएर लुम्बिनी अञ्चलको जिम्मेवारी लिउन्जेल
ओलीको छद्म नाम ‘उत्तम’ थियो । ओलीले नेपालका ७५ वटै जिल्लाको भ्रमण गरेका
छन् ।
(चार)
विद्यालय तहमा पढदैदेखि ओलीलाई सहकर्मीहरु ‘जिब्रो धेरै चलाउने, जिउ
नचलाउने’ भन्ने गर्दथे । त्यसबेलैदेखि ओली कतिसम्म बाठा थिए भने पोष्टर,
पम्प्लेटहरु टास्नु पर्दा सहकर्मीहरुलाई यहाँ टाँस्, उहाँ टाँस भनेर
खटाउँथे । आफैं परिचालित हुन्नथे । तर, सम्वन्धित निकायमा मैले टाँसे भनेर
रिर्पोटिङ गर्दथे ।
(पाँच)
ओलीले कार्तिक ०२९ देखि फागुन ०२९ सम्म झापा बिद्रोहको दोस्रो सचिवको
जिम्मेवारी पाएका थिए । झापा विद्रोहका पहिलो सचिव राधाकृष्ण मैनाली
क्षयरोगले सख्त भएर थलिएपछि हर्क खड्का, सिपी मैनालीलगायतको मिलोमतोमा
ओलीलाई सचिव बनाइएको थियो । तर, त्यस अवधीमा उनले एउटा पनि बैठक राख्न
नसकेपछि फागुनको दोस्रो साता ओलीलाई हटाएर सिपी मैनालीलाई तेस्रो सचिव
बनाइएको थियो
(छ)
२१ फागुन ०२९ को सुखानी हत्या काण्डपछि ओली झापा बिद्रोहका अर्का अगुवा
मोहनचन्द्र अधिकारीलाई खोज्दै विराटनगर आएका थिए । त्यहाँ उनले अधिकारी
भारतको गोरखपुर पुगेको जानकारी पाए । यसपछि ओली उनलाई खोज्दै गोरखपुर नै
पुगे । गोरखपुर पुग्दा अधिकारी कानपुरमा रहेको सुँइको पाए । ओली पनि कानपुर
नै पुगे । उखु बारीमा काम गरेर दुृवै जना केही समय कानपुरमै बसे । यसपछि
त्यहाँबाट नेपाल फर्कने क्रममा २३ असोज ०३० मा ओली र अधिकारी दुवै जना
रौतहटबाट पक्राउ परे । त्यसपछि उनी एकै चोटी असार ०४४ मा मात्र जेलबाट रिहा
भए ।
(सात) ०३२/०३३ मा ओली, अधिकारी र २० साउन ०३० मा झापाबाटै पक्राउ परेका
राधाकृष्ण मैनालीलाई तत्कालिन सरकारले केन्द्रीय कारागारको गोलघर भित्र
थुनेको थियो । गोलघरभित्र रहेको बेला ओली आन्द्राको अल्सर र क्षयरोगबाट
सख्त भएका थिए । त्यसबेला उनलाई दिसा–पिसाबमा जान समेत अरुको सहारा
चाहिन्थ्यो । उनलाई राधाकृष्ण मैनालीले स्याहार सुसार गरेर बचाएका थिए ।
(आठ)
जानकारहरुका अनुसार ०५४ को महाकाली सन्धी अघिसम्म ओलीमा राष्ट्रवादी सोच
हावी थियो । महाकाली सन्धीसँगै दक्षिणी छिमेकीलाई रिझाएर सत्तामा पुग्ने
बाटोमा लागे । उनलाई दक्षिण छिमेकीको सामिप्यतामा पुर्याउने काम माधव
नेपालले गरेका थिए । त्यसको १८ वर्ष पछि मुलुकको ३८ औं प्रधानमन्त्री
निर्वाचित भए ।source nepal.ekantipur
